BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

दुहवीकै पहिलो सुपरमार्केटले माग्यो कर्मचारी (सूचना सहित)

एक्सन खबर
दुहवीकै पहिलो सुपरमार्केटले माग्यो कर्मचारी (सूचना सहित)

दुहवी । फरवार्ड इन्टरप्राइजेजले भारी मात्रामा कर्मचारी माग गरेको छ । सुनसरी दुहवीकै पहिलो सुविधा सम्पन्न सपिङ कम्प्लेक्सका लागि फरवार्डले सार्वजनिक सूचना प्रकाशित गरेरै आवश्यक जनशक्ति माग गरेको हो ।

फरवार्ड इन्टरप्राइजेजले दुहवीमा सञ्चालन गर्न लागेको डिपार्टमेन्ट स्टोरका लागि मेनेजर, एकाउन्टेन्ट, सुपरभाइजर, आइटी, स्टोर किपर लगायत पदमा कर्मचारी माग गरेको हो ।
प्रकाशित सूचना अनुसार डिपार्टमेन्ट स्टोरको मेनेजरका लागि व्यवस्थापनमा स्नातकोत्तर गरी सम्बन्धीत क्षेत्रमा ३ वर्ष काम गरेको योग्यता चाहिने बताइएको छ ।

फरवार्ड इन्टरप्राइजेजले सेल्स मेन, क्यासिएर, क्याफे स्टाफ, स्टोर किपर, हेल्पर, क्लिनर तथा इलेक्ट्रिसियनमा समेत कर्मचारी माग गरेको छ ।

फरवार्ड इन्टरप्राइजेज सुनसरी दुहवीको पहिलो सुविधा सम्पन्न सुपरमार्केट हो । जहाँ घरायसी, खाद्यान्न, लत्ताकपडा तथा ग्लोसरी आइटमहरु सुर्वसुलभ र सुपथ मुल्यमा उपभोक्ताले खरिद गर्न पाउने छन् । फरवार्ड कम्प्लेक्समा अत्याधुनिक सिनेमा घर, बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि रहने बताइएको छ ।

हेर्नुहाेस् सूचना

- १९ चैत्र २०७७, बिहीबार १७:०१ मा प्रकाशित



Kumari Advertisement
top ad