BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गाेठमा आगलागी हुँदा १५ चौपायाको जलेर मृत्यु

एक्सन खबर
गाेठमा आगलागी हुँदा १५ चौपायाको जलेर मृत्यु

जनकपुरधाम । सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।

प्रहरीले  हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको जनाएको छ । आगलागीबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी/बाख्राको जलेर मृत्यु छ ।

आगलागीले तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।

- २१ चैत्र २०७७, शनिबार ११:०८ मा प्रकाशित



Kumari Advertisement
top ad