BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

‘कोरोना खोप लगाएका संक्रमित गम्भीर अवस्थामा पुग्दैनन्’ डा .बास्तोला

एक्सन खबर
‘कोरोना खोप लगाएका संक्रमित गम्भीर अवस्थामा पुग्दैनन्’ डा .बास्तोला

डाक्टर अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने आकंलन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउनका लागि सबैलाई आग्रह गरिसकेको छ।

भारतमा देखिएको कोरोना संक्रमण नेपालमा पनि देखिन सक्ने जोखिम कति छ, हाल नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्था कस्तो छ, पहिलो पटक कोरोना संक्रमित भइसकेहरु पुन कोरोना संक्रमित हुन्छन् या हुँदैनन्,तथा कोरोना संक्रमणमा खोपको प्रभावकारिता कस्तो रहन्छ लगायत विभिन्न विषयमा केन्द्रीत रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलासँगको संवाद :

सरकारले कोरोना संक्रमण पुन हुन सक्ने भन्दै सतर्कता अपनाउनका लागि आह्वान गरेसँगै के नेपालमा कोरोनाको जोखिम बढेको हो?

नेपालमा आएको कोरोना संक्रमणको पहिलो छाल मत्थर भइसकेको अवस्था छैन। शुक्रराज अस्पतालमा उपचारका लागि आएका बिरामीको पछिल्लो तथ्यांकका आधारमा भन्ने हो संक्रमित बिरामीको संख्या घटिसकेको अवस्था छैन ।

यसरी कोरोना संक्रमितको संख्या नघटिसकेको अवस्थामा जनस्वास्थ्यका मापदण्डको पालना नगरेका कारण नेपालमा कोरोना संक्रमणको जोखिम बढेको हो। भारतमा कोरोना संक्रमण बढेसँगै कोरोनाको जोखिम बढ्यो भन्नुभन्दा पनि हामीसँगै रहेको कोरोना भाइरस हाम्रो लापरर्वाहीका कारण बढ्न सक्ने जोखिम रहेको छ।भारतमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै नेपालमा पनि त्यसको जोखिम बढ्न सक्ने सम्भावना सँगै हवाई तथा स्थल मार्गमा कडा निगरानी गर्न सकेमा आगन्तुक कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ ।

भारतीय संक्रमण नै नेपालमा फैलन सक्ने जोखिम कतिको छ?
विगतमा कुनै पनि व्यक्ति नेपाल आउँदा उसको पिसिआर परीक्षण,क्वारेन्टिनको बसाईं लगायतलाई अनिवार्य गरिएको थियो।विस्तारै कोरोना संक्रमितको संख्या घट्दै जाँदा यी कुराहरु कमजोर हुँदै गएकाले पनि कोरोनाको जोखिम बढेको छ । आगन्तुहरुलाई कडा निगरानीमा राख्न नसकेको अवस्थामा भने कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।

सीमा नाकामा के –कस्तो तयारी गरेमा भारतमा देखिएको संक्रमण नेपालमा भित्रिन सक्दैन?
यसका लागि यदि संक्रमणको लक्षण भएका मानिस छन् भने उनीहरुको पीसीआर परीक्षण तथा क्वारेन्टाइनको व्यवस्था अनिवार्य गर्नुपर्ने हुन्छ । रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुलाई सरकारी तवरबाट पिसिआर परीक्षण अनिवार्य गराउनुपर्ने हुन्छ ।

साथै आइसोलेसन तथा क्वारेन्टाइनलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने हुन्छ । विगतमा क्वारेन्टाइनमा संक्रमितहरुको मृत्यु भएका घटनाहरुबाट पाठ सिकेर आइसोलेसन तथा क्वारेन्टाइनलाई व्यवस्थित गराउनुपर्ने हुन्छ । रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुलाई ट्याकिङ गर्नुपर्ने हुन्छ।

कोरोना संक्रमणलाई रोक्नका लागि सरकारी तवरबाट भएका तयारी पर्याप्त छन्?
पहिलो चरणको संक्रमण मत्थर भएको अवस्थामा नेपालबाट कोरोना भाइरस हटिसकक्यो भन्ने छाप आम सर्वसाधारणमा परेको थियो। कोरोना कारण मुलुकले नै ठूलो आर्थिक क्षति ब्यहोर्नुप¥यो। आर्थिक उपार्जन नहुँदा निराश भएका सर्वसाधारण जब पुन आर्थिक व्यवस्थापनमा जुट्यो। मानिसहरुका जनस्वास्थ्यको मापदण्डमा पालनामा पछाडी परे ।

त्यसले पुन संक्रमण बढ्न सक्ने स्थिति आएको हो । जनस्वास्थ्यका मापदण्ड पुरा नभएकोमा निगरानी गर्न सरकार पनि चुक्यो । त्यसले पनि संक्रमण केही सातादेखी बढेको हो । संमग्र रुपमा भन्नुपर्दा भने एक लामो कोरोनाको लडाईं सरकार सफल भएको छ भन्ने मेरो अनुमान छ । संक्रमित संख्या बढ्दै जाँदा सुरक्षित रहनका लागि सुरक्षित रहनका लागि सरकारी तवरबाट सुचना नै निकालिएको छ।

भारतमा अहिले देखिएको कोरोना भाइरस कतिको संक्रामक र जोखिमयुक्त छ?

कोरोनाको केही भाइरसहरुले स्वरुप परिवर्तन गरेसँगै बढी मात्रामा संक्रामक देखिएका छन् । करिब १५ देखी २० प्रतिशत संक्रमितहरुका यस किसिमको भाइरस देखिएको छ । यस किसिमको भाइरस पुराना भन्दा केही मात्रामा द्यातक देखिएका छन् ।

भारतबाट नेपाल आएका व्यक्तिहरुमा अहिलेसम्म भारतमा देखिएको नयाँ प्रकृतिको भाइरस देखिएको छैन । केही उमेर ढल्केका व्यक्तिहरुमा भने कडा प्रकारको निमोनिया पनि देखिएको थियो । यद्यपि गम्भीर प्रकारका बिरामीहरु भने हालसम्म टेकु अस्पतालमा भर्ना भएका छैनन्। बिरामी संख्या भने पछिल्लो सातामा बढेको देखिएको छ । कोरोनाको जोखिम बढेसँगै नयाँ भेरियन्टको आशंका भएतापनि हालसम्म नयाँ प्रकारका भाइरसहरु भने नेपालमा भेटिइसकेको अवस्था भने होइन।

कोरोना पहिलो डोज खोप लगाइसकेकाहरुमा पनि संक्रमण भइरहेका छन् यस्तो किन भएको होला?

कोरोनाको पहिलो डोज खोप लगाइसकेकाहरुमा संक्रमण भइहाले पनि सिकिस्त भएर अस्पताल भर्ना हुने दरलाई करिब ७६ प्रतिशत घट्छ भन्ने विभिन्न अनुसन्धानहरुले पता लगाएका छन् ।  कोरोनाको खोप लगाएका व्यक्तिहरुका पिसिआर पोजेटिभ आउने सम्भावना दुई तिहाइले घट्छ।यसले अन्य व्यक्तिहरुका कोरोना सर्ने सम्भावनालाई न्यूनीकरण गर्छ ।

कोरोना खोपले कोरोना लागेको अवस्थामा सिकिस्त हुनबाट बचाउँछ । त्यसैले खोपका महत्व छ।यद्यपि खोप लगाएका व्यक्तिले पनि जनस्वास्थ्यका मापदण्ड पुरा गरेमा परिवारका अन्य सदस्य तथा समुदायलाई कोरोना संक्रमित हुनबाट बचाउँछ।

- २३ चैत्र २०७७, सोमबार १५:५७ मा प्रकाशित



Kumari Advertisement
top ad