BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

एएफसी कपको प्ले अफमा आर्मीको शानदार जित, श्रीलंका पुलिस ५-१ ले पराजित

एक्सन खबर
एएफसी कपको प्ले अफमा आर्मीको शानदार जित, श्रीलंका पुलिस ५-१ ले पराजित

काठमाडौं । एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा त्रिभुवन आर्मी फुटबल क्लब प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लब त्रिभुवन आर्मी क्लबसँग ५-१ को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

बुधबार भएको खेलमा लाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो । खेलको २८ औं मिनेटमा श्रीलंका पुलिसका इभान्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएक थिए । तर, खेलको ४१ औं मिनेटमा आर्मीका सन्तोषले डिबक्स बाहिरबाट उत्कृष्ट हाफ भली गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्रिभुवन आर्मी फुटबल क्लब

त्यस्तै खेलको ४३ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै खेलमा आर्मीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफ २-१ मा सकिएको खेलमा दोस्रो हाफमा आर्मीले थप ३ गोल गर्यो ।

उसको लागि खेलको ५० औं मिनेटमा टंक बहादुर बस्नेतले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए । यस्तै खेलको ८३ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीको अग्रता ४-१ मा पुर्याए । त्यसैगरी व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा नवयुगले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै आर्मीलाई ५-१ को शानदार जित दिलाए ।

त्रिभुवन आर्मी फुटबल क्लब

जितसँगै दोस्रो चरण पुगेको आर्मीले आगामी वैशाख १ गते भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेलमा बेंगलुरुलाई पराजित गरेको आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान सुरक्षित बनाउने छ । समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।

त्रिभुवन आर्मी फुटबल क्लब

 

- २६ चैत्र २०७७, बिहीबार ११:२४ मा प्रकाशित

Kumari Advertisement
top ad