BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गण्डकी प्रदेशसभा बैठक बोलाउनका लागि विपक्षी तीन दल छलफलमा

एक्सन खबर
गण्डकी प्रदेशसभा बैठक बोलाउनका लागि विपक्षी तीन दल छलफलमा

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक बोलाउनका लागि विपक्षी तीन दलछलफलमा लागेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेपछि काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालका सांसदहरु छलफलमा जुटेका हुन् ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने व्यवस्था छ । त्यसरी तोकिएको मिति र समयमा प्रदेशसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने सो उपधारामा उल्लेख छ ।

त्यसै अनुरुप प्रदेश प्रमुख समक्ष प्रदेशसभा बैठकको माग गर्दै लिखित निवेदन दिनेबारे दलहरुबीच छलफल भइरहेको नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका बताए ।

यो पनि पढ्नुस :

अविश्वासको प्रस्ताव छल्न गण्डकी प्रदेशको अधिवेशन अन्त्य

 

- २ बैशाख २०७८, बिहीबार १३:३२ मा प्रकाशित

Kumari Advertisement
top ad