BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

अधिवेशन अन्त्यका बाबजुद गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

एक्सन खबर
अधिवेशन अन्त्यका बाबजुद गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका थिए ।

अधिवेशन अन्त्यका बाबजुद विपक्षी तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । त्यस्तै गण्डकी प्रदेशसभा बैठक बोलाउनका लागि विपक्षी तीन दल छलफलमा लागेका छन् ।

 

 

- २ बैशाख २०७८, बिहीबार १३:४२ मा प्रकाशित

Kumari Advertisement
top ad