BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

फ्लोर क्रस गरेका ४ सांसद पदमुक्त

एक्सन खबर
फ्लोर क्रस गरेका ४ सांसद पदमुक्त

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशका ४ सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकले पाटीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका ४ सांसदहरुलाई पदमुक्त गरेको हो ।

यसरी पदमुक्त हुनेहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा रहेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।

- १३ बैशाख २०७८, सोमबार १५:४३ मा प्रकाशित



Kumari Advertisement
top ad