BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

दिल्लीलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

एक्सन खबर
दिल्लीलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् ।

कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे ।यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।

- १५ बैशाख २०७८, बुधबार ११:११ मा प्रकाशित



Kumari Advertisement
top ad