BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छिनोफानो हुने

एक्सन खबर
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छिनोफानो हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ । केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।

- १५ बैशाख २०७८, बुधबार १४:५९ मा प्रकाशित



Kumari Advertisement
top ad