BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

भाेक्राहा गाउँपालिका प्रमुख हिरासतमा हुँदा उपप्रमुखकाे बजेटमा रजाई

एक्सन खबर
भाेक्राहा गाउँपालिका प्रमुख हिरासतमा हुँदा उपप्रमुखकाे बजेटमा रजाई
[sharethis-inline-buttons]

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव बलात्कारको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि अधिकार सम्पन्न बनेकी गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले सरकारी निर्णयको धज्जी उडाउँदै निषेधाज्ञाका बीच आफनो अधिनमा रहेको बिभिन्न शिर्षकको बजेटहरु देखावटी रुपमा खर्चिदै कमाउ अभियानमा लागेकी छिन् ।

कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि देशका बिभिन्न जिल्लामा गरिएको निषेधाज्ञा सुनसरीमा समेत लागू रहेपनि सोको धज्जी उडाउँदै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष मेहताले शनिवार गाउँपालिका नजिक रहेको लोटस होटलमा आयोजित गाउँपालिकाकै बिभिन्न दुई वटा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।

शनिवार बिहानबाट जारी ती कार्यक्रमहरुमा उपाध्यक्ष मेहता सहित गैर सरकारी संस्थाका पदाधिकारी एव तीन दर्जन बढी युवायुवतीको सहभागिता रहेको थियो ।  सुनसरी प्रशासनले जिल्ला भित्र कुनै पनि किसिमको गोष्ठी, सेमिनार, तालिम लगायतका गतिविधिहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाएपनि भाेक्राहा गाउँपालिकाकी उपाध्यक्ष मेहता र केही गैर सरकारी संस्थाले खुलेआम प्रतिवन्धकाे उलंघन गरेका छन् । उनीहरूले मिलोमतोमा गाउँपालिकाको लाखाैं बजेट कागजमा सक्ने काम गर्न थालेकाे स्थानीयकाे भनाइ छ ।

उपाध्यक्ष मेहतालाई महिला बालबालिका तथा न्यायिक समिति सम्वन्धित बजेट खर्च गर्ने पूर्ण अधिकार गाउँ परिषदले दिएकाे छ । उनले त्यसकै फाइदा उठाउँदै महिला, बालबालिका तथा न्यायिक समिति सम्वन्धि कार्यक्रमहरु गैर सरकारी संस्था मार्फत गर्दै कमाउधन्धा चलाउन थालेकाे बताइन्छ ।

भाेक्राहा गाउँपालिकाका अध्यक्ष मेहन्द्र प्रसाद यादव प्रहरी नियन्त्रणमा गएदेखि गाउँपालिका कार्यालयमा एकछत्र राज गर्न थालेकी उपाध्यक्ष मेहताले केही दिनयता निरन्तर लाखौंको कार्यक्रम बिभिन्न ठाउँमा गराउँदै आएकि छन् ।

श्रोतका अनुसार उपाध्यक्ष मेहताले आफू निकट व्यक्तिहरुलाई गाउँपालिकाकाे बजेट विभिन्न शिर्षकमा दिँदा ५० प्रतिशत बाँडफाड हुने गरी दिने र सो कार्यक्रमको प्रमुख आतित्थ्यता पनि आफैं गर्ने गरेकी छिन् ।

गत वर्ष समेत उनको भागमा गाउँपालिकाका अध्यक्ष यादवले चित बुझ्दो भागबन्डा नदिएपछि उपाध्यक्ष मेहताले लिखित रुपमै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेसँग खर्च बारे हिसाबकिताब मागेकी थिईन् ।

केही समयको बिवादपछि दुबैबीच भएको सहमति अनुसार उपाध्यक्ष मेहताका निम्ति छुटयाइएको ३० लाख बढीको बिभिन्न कार्यक्रमहरु मेहताले आफू निकट व्यक्तिहरुबाट कागजी रुपमा गराई ठूलो रकम अनियमितता गरेको श्रोतको दाबी छ ।

शनिवार निषेधाज्ञाका वाबजुद भोक्राहा नरसिंह गाउँपालिकाको लगभग तीन लाख बजेटबाट लौकहीको ग्रामिण बहुउद्धेशीय व्यवस्थापन तथा सहकार्य केन्द्र (आरयुटीई) को आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना अभिबृद्धि कार्यक्रम गरिएकाे थियाे । उक्त कार्यक्रममा उपाध्यक्ष मेहता प्रमुख अतिथि थिइन् ।

सोही दिन त्यहिँ आयाेजित अर्को एक कार्यक्रममा समेत उपाध्यक्ष मेहता सहभागी भएकी थिईन् । लैङ्गिक हिंसा सम्वन्धि उक्त कार्यक्रमको बजेट समेत उपाध्यक्ष मेहताले नै सिधा खर्च गरेकाे बुझिएकाे छ । यसअघि समेत उनले बिभिन्न व्यक्तिहरुबाट मोटो रकम हात पारी लाखौंको रकम कार्यक्रमको नाममा बाँडिसकेकी छिन् ।

काेराेना संकमणकाे जाेखिमका विच किन कार्यक्रम गरियाे भन्न उपाध्यक्ष मेहतासँग सम्पर्क गर्दा उनकाे माेवाइल उठेन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बाेक्ने माेवाइल नम्बर समेत  रजिष्ट्रर नगरिएकाे वेभसाइटमा राखिएकाे छ ।  सुनसरी अनलाइन

- १८ बैशाख २०७८, शनिबार २०:०५ मा प्रकाशित



Kumari Advertisement
top ad