BREAKING NEWS
१० कार्तिक २०७८, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

एक्सन खबर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताएका छन् ।

प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले संविधानको धारा १६९ (१) (क) अनुसार राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो ।

भोलि मतदान गर्ने तयारी थियो ।

- १९ बैशाख २०७८, आईतवार १०:०३ मा प्रकाशित



Kumari Advertisement
top ad