BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एक्सन खबर
पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए ।शिम्रोन हिटमायर १६ रनमा अविजित रहदा कप्तान ऋषव पन्तले १४ रन जोडे ।पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १/१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए ।दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।

जितसँगै दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । र,दिल्ली शीर्ष स्थानमा उक्लिएको छ ।पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

- २० बैशाख २०७८, सोमबार ०८:३७ मा प्रकाशित



Kumari Advertisement
top ad