BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दा बार्सिलोनाको उपाधि यात्रा कायमै

एक्सन खबर
भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दा बार्सिलोनाको उपाधि यात्रा कायमै

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले पूनरागमन जित निकाल्दा उपाधि यात्रा कायमै राखेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनको प्रभावकारी प्रदर्शनमा बार्सिलोनाले भ्यालेन्सियालाई उसकै घरमा पराजित गर्यो ।

प्रतिष्पर्धात्मक खेलमा बार्सिलोना एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।

खेलको ५० औं मिनेटमा भ्यालेन्सियाका गाब्रियल पाउलिस्टाले कार्लोस सोलेरको पासमा सुरुवाती गोल गरेका थिए । तर भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन । खेलको ५७ औं मिनेटमा बार्सा कप्तान मेसीले पेनाल्टीको रिवाउण्ड बलमा गोल गरे ।

मेस्सीको चिप प्रहारलाई टोनी लाटोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि मेस्सीले पेनाल्टी चुकाएपनि त्यसमै रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए । मेस्सीको पेनाल्टीलाई जस्पर सिलेसनले बचाउँदा रिवाउन्डमा सर्जियो बुस्क्वेट्सले क्रस गरेको बललाई पेड्रीले प्रहार गर्दा गाब्रियलले गोल लाइनबाट बचाएपनि रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए ।

६३औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । जोर्डी अल्वाको क्रसमा फ्रान्की डि योङको हेडरलाई गोलरक्षक जस्पर सिलेसनले बचाएपनि रिवाउन्डमा ग्रिजमनले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा मेस्सीले फ्रिकिकमा सिधै गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए ।

पेनाल्टी बक्सबाहिर सोलेरले मेस्सीलाई फल गरेपछि बार्सिलोनाले फ्रिकिक पाएकोमा २० यार्ड टाढाको मेस्सीको फ्रिकिकलाई गोलरक्षक जस्पर सिलेसनले रोक्ने कुनै मौका नै पाएनन् । ८३औं मिनेटमा कार्लोस सोलेरले क्रिपस्टयन ओलिभाको पासमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि हारलाई रोक्न सकेनन् ।

भ्यालेन्सियामाथिको पूनरागमन जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगाको उपाधि होडमा एट्लेटिको म्याड्रिड, रियल म्याड्रिड र बार्सिलोनासँगै सेभिया रहेका छन् ।

३४ खेलबाट ७४ अंक जोडेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ । शीर्षस्थानको एट्लेटिकोको ७६ अंक हुँदा बार्सिलोनाको दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक बराबरी भएपनि हेड टु हेडमा पछि छ । पराजित भ्यालेन्सिया ३६ अंक जोडेर १४ औं स्थानमा छ ।

ला लिगामा अब चार राउन्डको खेल बाँकी रहँदा बार्सिलोनाले एट्लेटिको म्याड्रिड, लेभान्टे, सेल्टा डि भिगो र एइवरसँग खेल्न बाँकी छ । बार्सिलोनाले अबका चारवटै खेलमा जित निकाल्दै रियल मड्रिड एक खेलमा पराजित वा बराबरी भएमात्रै उपाधि ला लिगा हात पार्नेछ ।

- २० बैशाख २०७८, सोमबार ०९:२९ मा प्रकाशित



Kumari Advertisement
top ad