BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गण्डकी प्रदेशका मुख्यमन्त्री द्वारा राजीनामा

एक्सन खबर
गण्डकी प्रदेशका मुख्यमन्त्री द्वारा राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव राख्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका थिए।

प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो। उक्त प्रस्तावमा छलफलपछि मतदान गर्ने कार्यसूची भएकै दिन वैशाख १५ गते सभामुख नेत्रनाथ अधिकारीले संसद अधिवेसन स्थगित गरेका थिए।

उक्त दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उक्त दलका सचेतक पियारी थापाले आफ्ना सांसद हराएकाले संसद बैठक स्थगन गरेर शाहीको जीवन रक्षा गर्न र सार्वजनिक गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन्।

सोही निवेदनका आधारमा सभामुख अधिकारीले सदन स्थगन गरेका थिए।

- २६ बैशाख २०७८, आईतवार १८:१८ मा प्रकाशित



Kumari Advertisement
top ad