BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

शीर्षस्थानमा एट्लेटिकोको ४ अंकको अग्रता, उपाधि जित्ने संभावना

एजेन्सी
शीर्षस्थानमा एट्लेटिकोको ४ अंकको अग्रता, उपाधि जित्ने संभावना

एजेन्सी । स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई हराउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो ।

एट्लेटिकोको जितमा यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे । रियल सोसिडाडका इगल जुविल्डियाले एक गोल फर्काए । खेलको १६औं मिनेटमा यान्निक कारास्कोको गोलबाट घरेलु टोली एट्लेटिकोले अग्रता लिएको थियो । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए ।

२८औं मिनेटमा एन्जल कोरेआले लुइस सुआरेजको पासमा गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ८३ औं मिनेटमा इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि गोल हुन नसक्दा एट्लेटिकोले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

जितसँगै एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ तथा सेभियाको ७४ अंक छ । पराजित सोसिडाड ५६ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।

गएराती भएका अन्य खेलमा सेभियाविरुद्ध भ्योलन्सिया (१–०), सेल्टाविरुद्ध गेटाफे (१–०) र हुएस्काविरुद्ध एथलेटिको बिल्वाओ (१–०) ले विजयी भएका छन् ।

- ३० बैशाख २०७८, बिहीबार ११:४१ मा प्रकाशित



Kumari Advertisement
top ad