BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

अक्सिजन आपुर्ति नभएपछि कर्णाली प्रदेश अस्पतालले आजदेखि कोरोनाका विरामी भर्ना नलिने

एक्सन खबर
अक्सिजन आपुर्ति नभएपछि कर्णाली प्रदेश अस्पतालले आजदेखि कोरोनाका विरामी भर्ना नलिने

नेपालगञ्ज । अक्सिजन आपुर्ति बन्द भएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कोरोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने बताए । ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको निर्देशक खड्काले बताए ।

अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ। अहिले अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेका छन् ।

- १ जेष्ठ २०७८, शनिबार १०:५२ मा प्रकाशित



Kumari Advertisement
top ad