BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

जुम्ला र कालिकोट सिमा क्षेत्रमा कोभिड हेल्थ डेस्क स्थापना

एक्सन खबर
जुम्ला र कालिकोट सिमा क्षेत्रमा कोभिड हेल्थ डेस्क स्थापना

काठमाडौं । कोभिड संक्रमण नियन्त्रण गर्न भारत तथा अन्य जिल्लाबाट जिल्ला भित्रिने व्यक्तिहरु आरडिटी परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्ने व्यवस्था मिलाउन कालिकोट र जुम्ला जिल्लाको सिमानामा एन्टिजन परीक्षण सहितको हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्वमा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाद्वारा कालिकोट र जुम्ला जिल्लाको सिमानामा एन्टिजन परीक्षण सहितको हेल्थ डेस्क राखिएको हो ।

हेल्थ डेक्सले आज ३ वटा गाडी र १ वटा मोटरसाइकलमा सवार १५ जनाको आरडिटी परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । कोभिड १९ रोकथाम र नियन्त्रणमा स्थानीय प्रशासनले भारत तथा अन्य देशबाट आउने नागरिकको सिमा नाकामै अनिवार्य आरडिटी परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

हेल्थ डेस्कमा यदी कोरोना पोजेटिभ देखिए संक्रमितलाई सुरक्षित रुपमा आइसोलेसन सेन्टरमा राख्ने अथवा अनिवार्य होम वारेन्टाइनमा रहन निर्देशन दिने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

- २ जेष्ठ २०७८, आईतवार २०:५६ मा प्रकाशित



Kumari Advertisement
top ad