BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

अक्सिजन नभएकाे भन्दै वीपी प्रतिष्ठानले फर्कायो कोभिडका विरामी

एक्सन खबर
अक्सिजन नभएकाे भन्दै वीपी प्रतिष्ठानले फर्कायो कोभिडका विरामी

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन अभावका कारण कोरोना संक्रमितको विरामी भर्ना लिन बन्द गरेको छ । प्रतिष्ठानको अक्सिजन प्लान्ट विग्रिएपछि प्रतिष्ठानले कोरोना भाइरसबाट संक्रमितलाई भर्ना लिन कम गरेको खुल्न आएको छ ।

प्रतिष्ठान श्रोतका अनुसार आज दिउसोबाट विरामी भर्ना लिन बन्द गरिएको छ । १०० वेडको कोभिड अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । बाँकी ३७ वेड खाली भएपनि प्रतिष्ठानका जिम्मेवार अधिकारीहरुले वेड अभाव भएको भन्दै विरामी लिन नमानेको श्रोतको भनाई छ ।

‘दिउसै देखि विरामी लिइएको छैन । कारण सोध्दा पनि स्पष्ट जानकारी दिँदैनन् ।’ श्रोतको भनाई छ । केही दिनदेखि प्रतिष्ठानमा अक्सिजन अभाव भएकोले पनि विरामी भर्ना लिन असहज भएको छ । यद्यपि, प्रतिष्ठानका पदाधिकारीहरु यो कुरा मान्न तयार छैनन् । प्रतिष्ठानको अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादनमा कमी आएपनि सिलिण्डरबाट अक्सिजन उपलब्ध गराइएको दावी छ ।

हिजो मात्रै प्रतिष्ठानले अक्सिजन प्लान्ट मर्मतमा रहेको भन्दै अक्सिजन अभावमा विरामीको मृत्यु नभएको जिकिर गरेको थियो । तर, प्रतिष्ठानको अक्सिजन प्लान्ट हेर्ने जिम्मेवार कर्मचारीले प्रतिष्ठानको अक्सिजन उत्पादन बन्द जस्तै भएको बताएका छन् ।

कोभिड संक्रमण भएर प्रतिष्ठानमा सम्पर्क गरेका एक विरामीका आफन्तले अक्सिजन छैन भन्दै भर्ना लिन नमानेको बताएका छन् । प्रतिष्ठानमा अक्सिजन अभाव भएको विषय उपकुलपति डा. ज्ञानेन्द्र गिरी र हस्पिटल डाइरेक्टर प्रा.डा. गौरिशंकर शाहले गुपचुप राख्न लगाएका छन् । ‘हामीलाई प्रतिष्ठानका कुनैपनि विषय मिडियामा नभन्नु भन्ने निर्देशन छ । यदी हाम्रो नाम मात्र बाहिर आए विभागीय कारवाही गर्नु धम्की दिइएको छ । अक्सिजन प्लान्टले काम गरेको छैन, सिलिण्डरको अक्सिजन पनि पर्याप्त छैन ।’ नाम उल्लेख नगर्ने शर्तमा प्रतिष्ठानको कोभिड अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ।

प्रतिष्ठानमा पछिल्ला तीन दिनयता कोरोना संक्रमितको मृत्युदर बढ्नुमा पनि अक्सिजन अभाव रहेको बुझिएको छ । प्रतिष्ठानमा २ दिनमा १४ जनाको मृत्यु भएको रेकर्ड छ । बुधबार मात्रै एकै रात सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिष्ठानमा १६ सय लिटर प्रति मिनेट अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट भएपनि प्लान्ट जडान गर्ने कम्पनी डाउग्नोकेन इन्टरनेशनलकै मिलिभगतमा बारम्बार विगार्ने काम भइरहेको श्रोतको भनाई छ । डेढ वर्षअघि ५ वर्षको वारेण्टी सहित स्थापना भएको प्लान्ट वारेण्टी अवधिमै विग्रिए पनि डाउग्नोकेनले मर्मतका नाममा प्रतिष्ठानबाट ५५ लाख  रूपैयाँ लिएर गइसकेको छ ।

विज्ञान अर्यालबाट ३१ लाख रुपैयाँ हर्जना तिराउनुपर्ने भनेर प्रतिष्ठानलाई पत्र नै लेखेको थियो । तर, जरिवाना तिराउनु पर्ने कम्पनीकाे संरक्षणमा उपकुलपति नै संलग्न छन् । डायग्नाेकेनसँग उपकुलपति डा. गिरी, उनका भाइ अजय गिरी, हस्पिटल डाइरेक्टर डा. गाैरिशंकर शाह तथा नेकपा एमालेका सांसद महेश बस्नेतकाे साँठगाँठ रहेकाे श्राेतकाे दावी छ ।

प्लान्टको दुई वटा टावर मध्ये एउटा पहिलेदेखि नै विग्रिए बसेको र अर्को टावरमा प्रेसर बढी भएर कामै नगर्ने भएको हाे । हिजोबाटै प्लान्ट मर्मत गर्न डायग्नोकेनबाट मेकानिकहरु आएपनि प्लान्ट बनाउन नसकेको श्रोतको भनाई छ ।  अझ डायग्नोकेनले यस अघि प्लान्ट विग्रँदा बनाएकाे २० लाख रूपैयाँ प्रतिष्ठानबाट लिन बाँकी रहेकाेले साे पैसा लिन प्लान्ट बनाउन ढिलासुस्ति गर्दै वार्गेनिङ  गरिरहेकाे श्राेतकाे दावी छ । त्यहि भएर डेढ महिनादेखि विग्रएकाे प्लान्ट समयमा बन्न सकेकाे थिएन । अहिले पनि उपकुलपति डा. गिरीले २० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि प्रतिनिधी आएका छन् ।

डायग्नोकेन कम्पनीलाई कालोसूचीमा राखेर जरिवाना तिराउन महालेखा परीक्षकको कार्यालय, खरिद प्रशासन र खरिद शाखाले राय दिए पनि प्रतिष्ठानका उपकुलपति गिरीले उल्टो ३० लाख रुपैयाँ  भुक्तानी दिएका छन् । प्रतिष्ठानको आर्थिक प्रशासनले गत वैशाख ९ गते उपकुलपतिलाई पत्र लेख्दै डाइग्नोकेनबाट क्षतिपूर्ति रकम ३२ लाख ४० हजार ६ सय ४० रुपैयाँ लिनुपर्ने राय दिएको भएपनि उपकुलपतिले उल्टै डायग्नाेकेनकाे संरक्षण गर्दैछन् ।

प्रतिष्ठानमा जडान गरिएको अक्सिजन प्लान्ट मर्मत सम्भारको हिसाब दुरुस्त नभएको र प्लान्ट आपूर्ति गर्दा तोकिएको समय एक सय २० दिनभन्दा पछि मात्र ल्याएर जडान गरे पनि परीक्षण र सञ्चालनसमेत नगरी बेपत्ता भएपछि महालेखाले प्रतिदिन ०.५ प्रतिशतको दरले डाइग्नोकेनका सञ्चालक विज्ञान अर्यालबाट ३१ लाख रुपैयाँ हर्जना तिराउनुपर्ने भनेर प्रतिष्ठानलाई पत्र नै लेखेको थियो । तर, जरिवाना तिराउनु पर्ने कम्पनीकाे संरक्षणमा उपकुलपति नै संलग्न छन् । डायग्नाेकेनसँग उपकुलपति डा. गिरी, उनका भाइ अजय गिरी, हस्पिटल डाइरेक्टर डा. गाैरिशंकर शाह तथा नेकपा एमालेका सांसद महेश बस्नेतकाे साँठगाँठ रहेकाे श्राेतकाे दावी छ ।

अहिले आशिंक चालू रहेको एउटा प्लान्टले दुई देखि तीन सय लिटर मात्र अक्सिजन उत्पादन गरेको छ । पूर्वकै टर्सरी सेन्टर तथा कोभिड लेभल ३ अस्पताल रहेको प्रतिष्ठानमा त्यत्ति अक्सिजनले एक छेउपनि धान्न सक्दैन । प्लान्ट विग्रिने वित्तिकै प्रतिष्ठानले नीजि क्षेत्रबाट सिलिण्डर अक्सिजन किनेर काम लगाउँदै आएकोमा कोभिडको महामारीले बजारमा अक्सिजन सिलिण्डर हाहाकार छ ।

सिलिण्डरको अक्सिजन पनि अभाव हुन थालेपछि प्रतिष्ठानमा रहेका विरामी खासगरी कोभिडका विरामीमा समस्या उत्पन्न भएको छ । प्रतिष्ठानका जिम्मेवार पदाधिकारी अस्पताल निर्देशक डा. गौरिशंकर शाह, सहायक प्रवक्ता डा. चुरामणी पोखरेल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, फोकल पर्सन डा. इन्द्र लिम्बु समेतले फोन रिसिभ गर्दैनन् । अर्का फोकल पर्सन डा. विकास शाहले भने कोभिड अस्पतालमा कुनै समस्या नरहेको तथा विरामी भर्ना लिइरहेको बताए । ‘म सँग सम्पर्कमा आएकालाई मैले वेड मिलाइदिने, भर्ना गर्ने सबै गरिरहेको छु, तपाईंले भने जस्तो समस्या छैन ।’ डा. शाहले भने ।

प्रतिष्ठानमा अक्सिजन अभाव हुनु र कोभिड अस्पतालमा समस्या निम्तनुमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी बढी जिम्मेवार रहेको श्रोतको दावी छ ।

- ७ जेष्ठ २०७८, शुक्रबार २३:०६ मा प्रकाशित



Kumari Advertisement
top ad