BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गण्डकी प्रदेशमा पनि अध्यादेशबाट बजेट ल्याउने तयारी

एक्सन खबर
गण्डकी प्रदेशमा पनि अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले जेठ १६ गतेका लागि बजेट अधिवेशन आह्वान गरिसकेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकार असार १ गते नै बजेट ल्याउने तयारीमा जुटेको छ ।

गत वैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका प्रदेशका मुख्यमन्त्री गुरुङले २९ गते नै सबैभन्दा ठूलो दलको हैसियतले पुन मुख्यमन्त्रीको सपथ लिएका थिए ।  १ महिनाभित्र विश्वासको मत उनले विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

अहिलेसम्मको स्थितीमा उनले विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ । विश्वासको मतको लागि  ३१ सांसद संख्या आवश्यक पर्ने उनको पक्षमा हालसम्म २८ सांसद मात्रै देखिएका छन्।

मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेमा सरकारले अध्यादेशबाट करिब ३१ अर्ब हाराहारीको बजेटको हाराहारीमा बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

 

 

 

 

- १३ जेष्ठ २०७८, बिहीबार ११:१४ मा प्रकाशित



Kumari Advertisement
top ad