BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

नेपाल र इराक विचको खेलकाे प्रत्यक्ष प्रशारण यसरी हेर्न सकिन्छ

एक्सन खबर
नेपाल र इराक विचको खेलकाे प्रत्यक्ष प्रशारण यसरी हेर्न सकिन्छ

काठमाडौं । विश्वकप छनौट र एशियन छनौट खेल खेल्न कुवेत हिँडेको नेपाली फुटवल टोली आज इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले आज इराकविरुद्ध इराककै बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्दैछ ।

दर्शक बिना हुने यो खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ । यो खेललाई बिदेशी स्पोट्स च्यानल मार्फत संसारभरी हेर्न पाईने भएको छ । नेपाल र इराक विच २० बर्षपछि हुने खेललाई इराकी स्पोट्स च्यानलले संसारभरी प्रतक्ष्य प्रसारण गर्नेछ । साथै युटुबमा पनि इराकी स्पोट्स च्यानल मार्फत लाईभ स्ट्रिमिङ हेर्न पाईने छ ।

नेपाल र इराकबीच आज हुने खेल चौंथो भेट हो । यस अघि नेपाल र इराकले ३ पटक खेलेका छन् । तीनै खेलमा इराकले जितेको थियो । सन् १९८२ नोभेम्बर २३ मा इराक विरुद्धको पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो । २००१ अप्रिल १४ मा ९–१ ले तथा तेस्रो भेटमा ४–२ ले पराजित भएको नेपाल यसपटक युवा टोलीहरुका साथ जितको खोजीमा छ ।

कुवेती प्रो लाईसेन्स धारी नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटेर टिमलाई औसत २३ वर्षको बनाएका छन् । उनले प्रतियोगिताका लागि ६ नयाँ खेलाडीलाई समेट्दै युवा टोली तयार पारेका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जाने कार्यक्रम छ ।

एसियन कप जितिसकेको इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ‘सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा छ । समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

- १५ जेष्ठ २०७८, शनिबार १५:०४ मा प्रकाशित



Kumari Advertisement
top ad