BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

धारामा नुहाउँदै गरेकी किशोरीमाथि हातपात गरेको अभियोगमा इन्जिनियर पक्राउ

एक्सन खबर

दाङ । दाङमा सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीमाथि हातपात गरेको अभियोगमा एक ईन्जिनियर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल रहेका छन्।

पीडित किशोरीको लिखित जाहेरीका आधारमा ईन्जिनियर पौडेललाई शुक्रबार साँझ पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीका अनुसार कोरोना पोजेटिभ किशोरी आइसोलेसनमा बस्दै आएको र दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले जबरजस्ती गर्न खोजेको पीडितको जाहेरीमा उल्लेख छ।

ती किशोरी एकान्तस्थलको सार्वजनिक धारामा एक्लै नुहाइरहेको देखेपछि इञ्जिनियर पौडेल मिनिरल वाटरको बोतल बोकेर पानी भर्ने बाहानामा त्यहाँ पुगेका थिए ।

त्यसपछि उनले धारामा नुहाउँदै गरेकी किशोरीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ। डिएसपी सुवेदीले पक्राउपछि पौडेललाई जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार ती किशोरीलाई इन्जिनियर पौडेलले पहिलेदेखि नै पछ्याउँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

- २२ जेष्ठ २०७८, शनिबार १८:२६ मा प्रकाशित



Kumari Advertisement
top ad