BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

१० सन्तानलाई एकैसाथ जन्म दिएर महिलाले राखिन् विश्व रेकर्ड

एक्सन खबर
१० सन्तानलाई एकैसाथ जन्म दिएर महिलाले राखिन् विश्व रेकर्ड

एजेन्सी । दक्षिण अफ्रिकामा आश्चर्यजनक जनक रुपमा एक महिलाले एकैसाथ १० बच्चालाई जन्म दिएकी छिन्। दक्षिण अफ्रिकाकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छिन्।

दक्षिण अफ्रिकाकी ३७ वर्षिय गोएसामे थामेरा सिथोलाले सोमबार ७ छोरा तीन छोरीलाई जन्म दिएकी हुन्।सिथोलाका श्रीमानले आफ्नी श्रीमतीले एकसाथ १० सन्तानलाई जन्म दिएको र आफूलाई पिता बन्ने अवसर दिएकोमा खुसी व्यक्त गरेका छन् । उनले श्रीमतीले १० बच्चालाई राम्रो सँग जन्म दिएकोमा खुसी र भावुक भएको बताएका छन।

सिथालोले पहिले पनि जुम्ल्याहा सन्तानका आमा बनेकी थिइन।यो सँगै सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छिन।

- २६ जेष्ठ २०७८, बुधबार ०८:०२ मा प्रकाशित



Kumari Advertisement
top ad