BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

राजर्षि जनक विश्वविद्यालयका डीनलाई पितृ शोक

एक्सन खबर
राजर्षि जनक विश्वविद्यालयका डीनलाई पितृ शोक

जनकपुर । राजर्षि जनक विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. श्याम किशोर महतोलाई पितृ शोक परेको छ । डीन डा. महतोका पिता रामसेवक महतोको गत जेठ २२ गते आकस्मिक निधन भएको हो ।

सुनसरीको दुहवी स्थित फरवार्ड इन्टरप्राइजेजको बोर्ड अफ डाइरेक्टर समेत रहेका डा. महतोका पिताको घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पिता महतोको परम्परागत रुपमा अन्त्येष्टी गरिएको छ ।

डा. महतोको पिताको असामयिक निधनमा राजर्षि जनक विश्वविद्यालय, त्यहाँ कार्यरत कर्मचारी, विद्यार्थी, शिक्षकहरु तथा फरवार्ड इन्टरप्राइजेजले समेत शोक व्यक्त गरेका छन् ।

- २६ जेष्ठ २०७८, बुधबार १२:०० मा प्रकाशित



Kumari Advertisement
top ad