BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

वीपी प्रतिष्ठानको आन्दोलन राजधानी आइपुुग्यो, नागरिक अगुवाहरुको प्रदर्शन

एक्सन खबर
वीपी प्रतिष्ठानको आन्दोलन राजधानी आइपुुग्यो, नागरिक अगुवाहरुको प्रदर्शन

काठमाडौं । विगत १८ दिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताका विरुद्ध चर्किएको आन्दोलन काठमाडौं आइपुगेको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी तथा अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहका अनियमितता विरुद्ध प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी तथा नर्सहरुले चर्काएको आन्दोलन राजधानी आइपुगेसँगै सामाजिक अभियान्ता र सञ्चारकर्मीहरु समेत जोडिएका छन् ।

संघर्ष समितिको आह्वान तथा वीपी प्रतिष्ठान पुर्वविद्यार्थीहरुको संयोजनमा आज शनिबार काठमाडौंका नागरिक अगुवा, स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ताहरुले माइतीघर मण्डलामा प्रर्दशन गर्दै प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत झक्झयाएका छन् ।

राजधानीका नागरिक अगुवा, स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ताहरुले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले जारी राखेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा पत्रकार एवं नागरिक अगुवा नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती समेत सहभागी थिए । प्रर्दशनमा सहभागीहरुले विभिन्न नारा लेखिएको प्ले कार्ड पनि प्रर्दशन गरेका थिए । ‘फुटवलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति गरे नियुक्ति’ ‘हाम्रो प्रतिष्ठान हामी जोगाउँछौं’ लगायतका नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।

राजधानीका अभियान्ता, नागरिक अगुवाहरुले प्रतिष्ठानका चिकित्सकहरुको आन्दोलन जारी रहेसम्म काठमाडौंमा पनि हरेक दिन दिउँसो ४ बजे प्रर्दशन हुने बताएका छन् ।

प्रर्दशनमा सहभागी प्रतिष्ठानकै एमबिबिएस चौथो बर्षका विद्यार्थी प्रशान्त राईले संस्थामा चरम भ्रष्टचार भइरहेको खुलाउदै चारै जना पदाधिकारीहरु असक्षम भएकोले राजिनामा दिएर मार्ग प्रशस्त्र गर्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीयकरण, राजनीतिकरण रोक्न पनि माग गर्दै भने ‘विरामीहरुले गुणस्तरीय सेवा पाउनुपर्छ, प्राइभेट हस्पिटलमा विरामी जान नपरोस् भन्ने हाम्रो उद्देश्य हो, वीपीलाई सुधार गर्न सबैको साथ चाहिन्छ ।’

गत मंगलबार आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा सेवन गरेर आएको भन्दै संयुक्त संघर्ष समितिले वार्ता बहिष्कार गरेको थियो । त्यसको भोलीपल्ट प्रतिष्ठानका चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेर संयुक्त संघर्ष समितिले राजिनामाको माग गरेको छ ।

उपकुलपति डा. गिरीले वार्ताको आह्वान गरेपनि संघर्ष समितिले प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीले गठन गरेको उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान राखेको कारण प्रतिष्ठान अस्तव्यस्त बनेको छ ।

फ्याकल्टी प्रमुख रिझाउन उपकुलपतिको सक्रियता

तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आशिर्वादमा उपकुलपति भएर आएका डा. ज्ञानेन्द्र गिरीले आफु विरुद्धको आन्दोलन निस्तेज पार्न फ्याकल्टी प्रमुखहरुलाई फकाउने प्रयास गरेका थिए ।

बिहिबार प्रतिष्ठानका चारै जना पदाधिकारीहरुले आफुहरु मिलेर जाने, विगतमा भएका कमीकमजोरी सच्याउने बताएपनि फ्याकल्टीहरुले आन्दोलन रोक्ने क्षमता आफुहरुसँग नभएको भन्दै उपकुलपतिको प्रस्ताव अस्विकार गरेका थिए ।

फ्याकल्टीहरु समेत आफु विरुद्ध उभिने संकेत पाएपछि उपकुलपति डा. गिरी तनावमा छन् । प्रतिष्ठानले सञ्चालन गरेको कोभिड–१० अस्पतालमा चरम भ्रष्टाचार गरेको, सार्वजनिक खरिद नियमावली विपरित आफ्ना भाई अजय गिरीमार्फत भ्रष्टाचार गरेको, प्रतिष्ठानको स्वास्थ्य सेवा र शिक्षा ध्वस्त बनाएको आरोप डा. गिरीलाई छ ।

- १९ असार २०७८, शनिबार १९:३० मा प्रकाशित



Kumari Advertisement
top ad