BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्दै

एक्सन खबर
इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्दै

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बसेको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।

सञ्चालक समितिको अध्यक्षमार्फत प्रस्तुत प्रतिवेदन, मूल्याँकनकर्ताबाट प्राप्त नेपाल एग्रो लघुवित्तको चल/अचल सम्पत्ति र दायित्व मूल्याँकन प्रतिवेदन, प्राप्ति पछिका व्यवसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार मूल्य, वर्तमान जोखिम अवस्था समेतको आधारमा आपसी सहमति बमोजिम नेपाल एग्रोको एक सय कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्ने निर्णय भएको थियो ।

सोहि अनुसार २०७७ माघ २६ गते दुवै पक्ष बीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति गत जेठ १२ गते सैद्धान्तिक सहमति दिएकोले नेपाल एग्रोलाई प्राप्ति गर्न अन्तिम सम्झौता भएको थियो ।

सञ्चालक समितिबाट गठित मर्जर वा प्राप्ति समिति, संयुक्त मर्जर वा प्राप्ति समिति र सञ्चालक समितिले गरेको निर्णय एवं सो सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारवाहीहरु र सो सम्बन्धी खर्च अनुमोदनको गर्ने, इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्ने प्रयोजनका लागि गठित समितिबाट नियुक्त लेखापरीक्षक एबि एण्ड एशोसियटस् चार्टर्ड एकाउन्टेन्ट्स्को नियुक्ति पनि पारित भएको छ ।

संस्थाले नेपाल एग्रोलाई प्राप्ति गरेपछि २०७८ जेष्ठ मसान्तसम्मको विवरण अनुसार अब १,१९,०२,०२,११३ निक्षेप, ४,२१,६८,६६,९५४ लगानी तथा ३१,७८,९४,४२० चुक्ता पुजी भएको छ । भने, दई संस्था गाभिएपछि १८,३८,०३,०१७ कुल नाफा कायम भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले जनाएका छन् ।

- २१ असार २०७८, सोमबार २१:०९ मा प्रकाशित



Kumari Advertisement
top ad