BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

‘चुलाहरुलाई विद्युत्तीय चुलोमा परिणत गर्ने बाटो खुलेको छ’ प्रधानमन्त्री

एक्सन खबर
‘चुलाहरुलाई विद्युत्तीय चुलोमा परिणत गर्ने बाटो खुलेको छ’ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी देशको एक १० वर्षे उर्जा इतिहासकै नयाँ कोशे ढुंगा भएको बताएका छन् ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने‘अब हाम्रा चुलाहरुलाई दाउरा र ग्याँसबाट मुक्त गर्दै विद्युत्तीय चुलोमा परिणत गर्ने बाटो खुलेको छ ।’

आयोजनाको सफल सञ्चालनले राष्ट्रिय आत्मविश्वाससमेत बढाएको टिप्पणी प्रधानमन्त्रीको थियो । ‘जुन कामका लागि हामी बाहिर भर पर्नुपथ्र्याे, अब विस्तारै त्यसमा पनि आत्मनिर्भरता तर्फ गइरहेका छौं ।’ प्रधानमन्त्रीले भने । उर्जामा लगानी प्रविधि र व्यवस्थापन नेपालीले नै गर्न सक्ने गरी बहुआयायमिक स्तर भएको पनि प्रधानमन्त्रीले बताए । ‘यो राष्ट्रिय लाभको विषय हो ।’

छ वर्षमा सम्पन्न हुनुपर्ने आयोजनामा निकै बिलम्ब हुँदा खर्च बढ्ने मात्र नभई ठूलो नोक्सान भएकोले हाल चालु रहेका र भविष्यमा बन्ने योजनाका लागि यसबाट पाठ सिक्नुपर्ने धारणा प्रधानमन्त्रीको थियो । सरकाले भविष्यमा घरेलु उपभोक्तालाई निर्यात गरिने मुल्यको तुलनामा सस्तो दरमा विद्युत्त उत्पादन गर्ने लक्ष्य लिएको प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा उर्जामन्त्री विष्णुप्रसाद पौडेलले अब माथिल्लो तामाकोशीको सफलताबाट यस्तै अरु कीर्तिमानी आयोजना थप्ने उत्साह सञ्चार भएको बताए ।

स्वदेशी लगानीमा निर्मित दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित बिजुली ४७ कि.मि. लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका,. १३ स्थित साँखेमा स्थापित न्यू खिम्ती सव–स्टेसनमा पुर्याइएको छ । उक्त सव–स्टेसनबाट प्राधिकरणको ढल्केवरस्थित ४००/२२० के.भी. सव–स्टेसनमा पुर्याई त्यहाँबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणाली मा आबद्ध गरिएको छ ।

आयोजना अन्तर्गत बाँध/इन्टेक, सुरुङ, भूमिगत विद्युतगृहलगायतका सिभिल संरचनाहरूको निर्माण कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यहरू तथा ४७ कि.मि. लामो २२० केभी डबल सर्किट प्रसारण लाइन र २२०/१३२ केभी सवस्टेशनको सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न गरी परीक्षण कार्यहरू समेत सम्पन्न गरिसकिएको छ ।

सुरुमा ६ वर्षमा आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ वैशाखको महाभूकम्प र त्यसपछिको तराई आन्दोलन, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको समस्या¸ हाइड्रो मेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता कारणहरूले गर्दा निर्माण कार्य विलम्व हुन गएको हो ।

- २१ असार २०७८, सोमबार २१:३५ मा प्रकाशित



Kumari Advertisement
top ad