BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

प्रेटोल र डिजलमा २ रुपैंया बृद्धि हुँदा ग्याँसमा कति मुल्य बढ्यो ?

एक्सन खबर
प्रेटोल र डिजलमा २ रुपैंया बृद्धि हुँदा ग्याँसमा कति मुल्य बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बृद्धि गरेको छ । यसअघि दुई साता अगाडी मात्रै मूल्य बढाएको निगमले मंगलबार प्रेटोल, डिजल तथा ग्यासमा मुल्य बढाएको हो ।

असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएकोमा आज पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलमा २ रुपैया बृद्धि गरी अब प्रतिलिटर ११२ रुपैयाँ पुर्याइएको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर भएको जनाएको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । खाना पकाउने ग्याँसको मुल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरिएको छ ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल÷मटितेल तथा हवाइ इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने जनाएको छ ।

- २२ असार २०७८, मंगलवार २२:४७ मा प्रकाशित



Kumari Advertisement
top ad