BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

बलिउड अभिनेता दिलीप कुमारको निधन

एक्सन खबर
बलिउड अभिनेता दिलीप कुमारको निधन

काठमाडौं । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ ।

भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्‍बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए ।

उनले ‘ज्वार भाटा’ (१९४४), ‘अंदाज’ (१९४९), ‘आन’ (१९५२), ‘देवदास’ (१९५५), ‘आजाद’ (१९५५), ‘मुगल-ए-आजम’ (१९६०), ‘गंगा जमुना’ (१९६१), ‘क्रान्ति’ (१९९१), ‘कर्मा’ (१९८६) और ‘सौदागर’ (१९९१) समेतगरी ५० भन्‍दा बढी बलिउड फिल्‍ममा अभिनय गरेका छन्।

- २३ असार २०७८, बुधबार १०:११ मा प्रकाशित



Kumari Advertisement
top ad