BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

शीर्ष नेताको सनकले पार्टी बर्बाद गर्नु उचित हुँदैन

डा.डी.आर उपाध्याय
शीर्ष नेताको सनकले पार्टी बर्बाद गर्नु उचित हुँदैन

नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । तर पनि बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढदा नै राम्रो हुन्छ।

ओली, माधव बीच कुरा मिल्ने बित्तिकै समस्या हल हुन्छ । माधव नेपाल समूह एकताका लागी गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ । माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हुँदैन भन्ने पक्षमा छन्।

एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन । आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्न चाहन्छन । पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानुपर्छ । पार्टी भित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माधव नेपाल ओलीसँग अध्यक्षमा पराजित भएका हुन । त्यसपछि नेपाल ओली सँग टाढिँदै आएका छन्।

नेपालले पार्टीभित्र देशभर समानान्तर संगठन सञ्चालन गर्दै आएका छन । यसले एमालेको आन्तरिक जीवन संकटपूर्ण हुँदैछ । पार्टीलाई संकट तर्फ कसैले धकेल्न हुँदैन । पार्टी ठूलो मेहनतले बनेको हुन्छ । पार्टी निर्माणमा आम नेता कार्यकर्ताको त्याग, तपस्या र बलिदानी छ।

पार्टी निर्माण त्यसै भएको होइन । शीर्ष नेताको सनकले पार्टी बर्बाद गर्नु उचित हुँदैन । पार्टी मिलाएर लैजानु पर्छ । एमाले बिभाजन गर्न केहि तत्व खुलेर लागेका छन । सबैमा आ आफनो स्वार्थ छ। स्वार्थको राजनीतिले मुलुक बर्बाद हुँदैछ । मुलुक बचाउन नेता गम्भिर हुनु पर्छ।

पछिल्ला दिनमा एमाले जोडिने सम्भावना पनि देखिएको छ । यो अहिलेको आबश्यकता पनि हो । बिगतका तिता कुरा बिर्सिएर मिल्ने कुरामा एमालेका नेताहरुको ध्यान केन्द्रित हुनु पर्छ । नेकपा एमाले नमिले देशले हार्ने छ । नेता हारेर भए पनि देशले जित्नुपर्छ । नेताहरुले यो संकल्प गर्नुपर्छ । यदि नेताहरुले संकल्प गर्न सकेनन् भने भोली पछुताउने बाहेक अर्को कुनै बिकल्प हुने छैन।

नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा अगाडि बढनुपर्छ । शीर्ष नेताहरूले यो उद्घोष गर्नुपर्छ ।पछिल्लो समय आएर नेताकार्यकर्तामा व्यापक निराशा पैदा भएको छ।

अहिले नेपाली राजनीति अस्थिरताको दिशातिर उन्मुख हुँदैछ । अस्थिर अवस्था आउनुका पछाडि एकताको आधार कमजोर भएर हो । सत्ता स्वार्थको राजनीतिले देश बर्बाद भयो । अब सोच्ने बेला भयो । एमालेभित्रको यो गुटगत लडाईंले कसैलाई फाइदा छैन ।

अहिले एमाले भित्र संवाद सहमति गरेर पाटीलाई बलियो बनाउने बेला हो । पार्टी कमजोर भए नेताको भविश्य छैन । आगामी निर्वाचनमा जनताले को नेता कस्तो भन्ने फैसला गर्नेवाला छन् । त्यो दिन नजिकै आउँदै छ । कसैले घमण्डको राजनीति नगरे हुन्छ।

- २५ असार २०७८, शुक्रबार ११:०० मा प्रकाशित



Kumari Advertisement
top ad