BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

सवारी दुर्घटना गरी फरार चालक काभ्रे प्रहरीकाे नियन्त्रणमा

एक्सन खबर
सवारी दुर्घटना गरी फरार चालक काभ्रे प्रहरीकाे नियन्त्रणमा

काभ्रे । सवारी दुर्घटना गराई फरार चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका १ बस्ने बर्ष ३९ को दोर्जे शेर्पा रहेका छन् । उनीसँगै उनकाे माज्दा कम्पनीको ना ४ च ४०६९ नं को सवारी समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

गत जेठ २४ गते बिहान करिब ४ बजे बनेपा वडा.७ स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा साँगाबाट धुलिखेलतर्फ आउदै गरेको तत्काल एकिन सवारी चालक र सवारी नम्बर समेत नखुलेको पिकअप जस्तो देखिने सवारीले सोही सडक खण्डमा तरकारी व्यवसाय गर्दै आएका काभ्रे, पाँचखाल नगरपालिका वडा नं.१ बस्ने बर्ष ७१ को नन्दकेशर तिमल्सिना र जिल्ला झापा लखनपुर दमक गाउँपालिका वडा नं.८ घरभई हाल बनेपा ५ बस्ने बर्ष ३० की सबिना बाँनिया राई समेतलाई ठक्कर दिई सख्त घाईते बनाई चालक र सवारी फरार भएका थिए ।

घटनामा घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएकाेमा उपचारको क्रममा नन्दकेशर तिमल्सिनाको सोही अस्पतालमा मृत्यु भएको थियाे । भने, घाइते सबिना बाँनिया राईको सोही अस्पतालमा उपचार भैई असार १८ गते डिस्चार्ज भएको थियाे ।

घटनाको अनुसन्धानको क्रममा शंकास्पद दर्जनौ सवारी साधन, सवारी चालक र सर्वसाधारणलाई सोधपुछ गर्ने क्रममा उक्त शंकास्पद सवारी साधनको सम्बन्धमा महत्वपुर्ण जानकारी प्राप्त भएको र यातायात व्यवस्था कार्यालय, सवारी साधन बितरक कम्पनी, ग्यारेज, रिकन्डिसन आदिमा प्रहरी टोली खटी गई प्राप्त अभिलेखहरुको सुक्ष्म अध्ययन बिश्लेषण गरिएको थियाे ।

घटना पश्चात फरार रहेको उक्त सवारी साधन र सवारी चालक जान सक्ने सम्भावित स्थानहरु काठमाडाैं, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत तराईका जिल्लाहरुमा समेत प्रहरी टोली खटि गई सुचना संकलन तथा खोजतलास गरिएको
काभ्रे प्रहरीले जनाएकाे छ ।

निजलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोग र काभ्रे प्रहरी कार्यालयको सँयुक्त अनुसन्धान टोलीले प्रहरीबाट बच्नको लागी विभिन्न स्थानहरु हुँदै आफ्नो स्थायी ठेगानामा लुकीछीपी बसेको अवस्थामा फेला पारेकाे हाे।

दाेषी चालक शेर्पालाई ज्यान सम्बन्धी कसुर (सवारी ज्यान) मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

- २६ असार २०७८, शनिबार २०:५० मा प्रकाशित



Kumari Advertisement
top ad