BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

सिन्धुपाल्चोक बाढी पहिरो पिडितसँग प्रधानमन्त्रीकाे एक दिन (फोटो फिचर)

एक्सन खबर
सिन्धुपाल्चोक बाढी पहिरो पिडितसँग प्रधानमन्त्रीकाे एक दिन (फोटो फिचर)

मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्बाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताएका छन् । गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एकीकृत वस्ती निर्माणमा जोड दिएका हुन् ।

‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २/४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि बर्बाद गर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।

बाढी पहिरोले खोला किनारका वस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई सँधै बिग्राने बताउँदै प्रधानमन्त्रीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधक संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने बताए । अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरुमा विकास गर्न सकिने धारणा प्रधानमन्त्रीको थियो ।

प्रधानमन्त्री ओलीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थपना कार्यको विस्तृत जानकारी समेत दिएका थिए ।

फोटो फिचरः प्रधानमन्त्रीको सचिवालय

- २६ असार २०७८, शनिबार २१:२० मा प्रकाशित



Kumari Advertisement
top ad