BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

राप्ती प्रतिष्ठानमा कार्य परिषद्ले गठन गरेको सल्लाहकार नै आधिकारिक

एक्सन खबर
राप्ती प्रतिष्ठानमा कार्य परिषद्ले गठन गरेको सल्लाहकार नै आधिकारिक

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, विस्तार र उन्नयनका लागि गठित सल्लाहकार समिति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले आपत्ति जनाउँदै निकालेको विज्ञप्ति प्रति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपत्ति जनाएको छ ।

प्रतिष्ठानले हिजो आइतबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानलाई विभिन्न समयमा विषेशगरी कोभिडको महामारीमा आ–आफ्नो क्षेत्रबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोगी तथा समन्वयकारी भूमिका खेली प्रतिष्ठानलाई अझ उच्च गतिमा आफ्नो लक्ष्य हासिल गर्न सहज तथा समन्वयकारी भूमिका रहने उद्देश्यले प्रतिष्ठानको कार्यकारी परिषद्को निर्णय अनुसार सल्लाहकार समिति गठन गरिएको बताएको छ ।

दाङ उद्योग वाणिज्य संघले असार २६ गते विज्ञप्ति प्रकासित गरी प्रतिष्ठानमा यसअघि नै अर्को सल्लाहकार कमिटि रहेको बताउँदै प्रतिष्ठानको कार्य परिषद्को बैठकले निर्णय गरेको समितिमा बस्न नसक्ने भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।

प्रतिष्ठानले गठन गरेको सल्लाहकार समितिको सदस्यमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीलाई राखेको थियो ।

प्रतिष्ठानले विगत देखिनै प्रतिष्ठानमा आर्थिक सल्लाहकार, कानुनी सल्लाहकार लगायत अन्य विज्ञहरुलाई समेत सल्लाहकारको रुपमा राखेको बताउँदै प्रतिष्ठानको कासले निर्णय गरेर गठन गरेको सल्लाहकार समिति नै आधिकारिक रहेको पनि बताएको छ ।

- २८ असार २०७८, सोमबार १३:३७ मा प्रकाशित



Kumari Advertisement
top ad