BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात’ शंकर पोखरेल

एक्सन खबर
‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात’ शंकर पोखरेल

काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर देउवालाई प्रधानमन्त्री बनाउन दिएको जारी गरेको परमादेश प्रति विरोध जनाएका छन् । मुख्यमन्त्री पोखरेलले संवैधानिक इजलासले गरेको फैसलाले मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको जिकिर गरेका छन् ।

सर्वोच्चको फैसला लगत्तै सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको जिकिर गरेका छन् । ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’ पोखरेलले भनेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । भने, साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।

- २८ असार २०७८, सोमबार १४:०२ मा प्रकाशित



Kumari Advertisement
top ad