BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

उपप्रधानसहित परराष्ट्र पाए देउवालाई सभापतिमा सघाउने शशांकको प्रस्ताव

एक्सन खबर
उपप्रधानसहित परराष्ट्र पाए देउवालाई सभापतिमा सघाउने शशांकको प्रस्ताव
[sharethis-inline-buttons]

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेर बहादुर देउवालाई पुनः सभापति बनाउन उपप्रधान सहित परराष्ट्र मन्त्रालय माग गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा आज विहान भएको डा. शशांक र देउवा विचको भेटवार्तामा शशांकले सरकारमा आफुलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालय र १४ औं महाधिवेशनमा उपसभापति दिए सभापतिमा सहयोग गर्ने प्रस्ताव गरेका हुन् ।

बुढानिलकण्ठ श्रोतका अनुसार डा.शशांकको प्रस्तावमा देउवाले कुनै प्रतिक्रिया नदिएपनि पुनः एकपल्ट सभापतिमा आफु उठ्ने बताएका छन् । डा. शशांकले भने उपप्रधानसहित परराष्ट्र मन्त्रालय र उपसभापति माग गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा आफैं सभापतिको दावेदार भएको भन्दै देउवालाई हराउने सामथ्र्य आफुसँग मात्रै रहेको भन्ने शशांकले केपी ओली सरकारको पतनसँगै किन देउवासँग हात मिलाउने कुरा गर्ने कांग्रेसी वृत्तमा हलचल ल्याएको छ ।

कांग्रेसभित्रै कोइराला परिवारबाट सर्वसम्मत एक जना सभापतिको दावेदार हुने बताउँदै आएका शशांकले देउवासँग सत्ताको लोभमा पार्टीलाई पुनः कौडा खेल्न खोजेको संस्थापन पक्षका कांग्रेसीहरुको बुझाई छ ।

पार्टीलाई रसातलमा पुर्याउने प्रमुख व्यक्तिका रुपमा देउवालाई नै लिइएकोमा डा. शशांकले सत्ताका लागि देउवासँगै पुनः सहकार्यको प्रस्ताव गरेर पदलोलुपताको उदाहरण पेश गरेका छन् ।

- २९ असार २०७८, मंगलवार १०:२८ मा प्रकाशित



Kumari Advertisement
top ad