BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

कोरोना खोप खरिदका लागि ५ अर्ब निकासा गर्ने नवनियुक्त अर्थमन्त्री शर्माको घोषणा

एक्सन खबर
कोरोना खोप खरिदका लागि ५ अर्ब निकासा गर्ने नवनियुक्त अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप खरिदका लागि ५ अर्ब निकासा गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्रीा रुपका पदबहाली पश्चात् मन्त्री शर्माले गरेको यो पहिलो निर्णय होे । उक्त घोषणसँगै मन्त्री शर्माले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्विकृति गरेका छन्।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता तथा आइसियू र एचडियूका लागि रकम थपको माग गरेको फाइललाई मन्त्री शर्माले सदर गरेका छन् ।

कोभिड १९ जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसियु तथा भेन्टिलेटर खरिदका लागि ९६ करोड १२ लाख रकमान्तर तथा ५२ करोड ४६ लाख प्रादेशिक र स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्न पनि सहमति दिनुभएको छ ।

यस्तै कोभिड १९ संक्रमितलाई निशुल्क उपचार सेवा उपलव्ध गराइ केन्द्रिय र प्रादेशिक अस्पतलाई ५६ करोड ४१ लख रकमान्तर र वित्तिय प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ३७ करोड २५ लाख सर्शत अनुदानको रुपमा हस्तान्तरण गर्न समेत अर्थमन्त्री शर्माले सहमति गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यस्तै हिजै बसेको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय गरेको थियो ।

- ३० असार २०७८, बुधबार १३:२० मा प्रकाशित



Kumari Advertisement
top ad