BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

२,६७६ जनालाई कोरोना संक्रमण पुष्टि, १२,७६८ परीक्षण

एक्सन खबर
२,६७६ जनालाई कोरोना संक्रमण पुष्टि, १२,७६८ परीक्षण

काठमाडौं । आज देशभर थप २ हजार ६७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरि १२ हजार ७६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ८२५६ र ४५१२ जनाको एन्टीजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, १७५७ जना निको भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पिसिआर र एन्जीजेन परीक्षण गर्दा हालसम्म ७ लाख १२ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २६ हजार ४६८ जना संक्रमित निको र ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

- ३१ असार २०७८, बिहीबार १६:५६ मा प्रकाशित



Kumari Advertisement
top ad