BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

मेसी बार्सिलोनामै बस्ने निश्चित, सम्झौता हुन बाँकी

एजेन्सी
मेसी बार्सिलोनामै बस्ने निश्चित, सम्झौता हुन बाँकी

एजेन्सी । स्टार फुटबलर लियोनल मेस्सी बार्सामा अझै ५ सिजन बस्न सहमत भएका छन्। बीबीसी स्पोर्ट्सका अनुसार मेस्सीले आधा तलब घटाएरै भए पनि बार्सामै रहने निधो गरेका हुन्।

गत जुन ३० मा बार्सा र मेस्सीबीचको सम्झौता सकिएको थियो। चाहेका भए मेस्सी अन्य क्लब जानसक्थे। तर, दुईहप्ता फ्रि–एजेन्ट भएपछि मेस्सीले बार्सामै बस्ने निधो गरेका छन् ।

भर्खरै कोपा अमेरिका फुटबलको उपाधि जितेसँगै उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पारेको खुसीयाली मनाइरहेका छन् । कोपा अमेरिकाको उपाधिले मेसीलाई अर्जेन्टिनाका महान खेलाडी म्याराडोनाको हैसियतमा पुर्याइदिएको चर्चा छ ।

मेसीलाई स्पेनिस फुटबल क्लब बार्सिलोनाले कतै पनि जान नदिने बताउँदै आएको थियो। अन्ततः मेस्सी बार्सामै रहने भएपछि बार्साका फ्यानहरु खुशी भएका छन्।

कोरोना प्रकोपका बेला बार्सिलोनाले ठूलो घाटा व्यहोरेपछि बार्साले खेलाडीहरुको तलब कटौती गर्ने अवस्था सिर्जना भएको थियो। यसबीचमा मेस्सीले पाउँदै आएको तलब पनि कटौती गरिएको छ ।

यसअघि मेस्सी म्यानचेस्टर युनाइटेड र पीएसजीजस्ता क्बलमा जाने सम्भावनाको बारेमा चर्चा भएको थियो। तर उनले आफ्नो बाल्यकालदेखिको क्लबमै बस्ने चाहना राखे।

मेस्सी बार्सिलोना फुटबल क्लबका सर्वाधिक गोलकर्ता हुन्। ६७२ गोल गरेका उनले १० ला लिगा उपाधि जितेका छन्। बार्साबाट चार च्याम्पियन्स लिग जितेका उनले ७ कोपा डेल रे हात पार्दा ६ पटक बालुन डि’ओर अवार्ड हात पारेका छन्।

मेसीसँग अब विश्वकप फुटवल वाहेक सबैथोक रहेको छ । संभवतः उनले कतार विश्वकपमा आफ्नो देशको लागि उपाधि जाताउने अवसर हुनेछ । कोपामा उत्कृष्ट प्रदर्शन गरेका मेसीले कतार विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियानल स्कोलानीको अपेक्षा छ ।

- १ श्रावण २०७८, शुक्रबार १६:२१ मा प्रकाशित



Kumari Advertisement
top ad