BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

२४ घन्टामा १८७५ कोरोना संक्रमित थपिँदा २१ जनाको मृत्यु

एक्सन खबर
२४ घन्टामा १८७५ कोरोना संक्रमित थपिँदा २१ जनाको मृत्यु

काठमाडौं । २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२५ पुगेको छ । पछिल्ला २४ घन्टामा २१ जनाको ज्यान गएको छ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १६४ रहेको छ ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७÷१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

- २ श्रावण २०७८, शनिबार १८:१८ मा प्रकाशित



Kumari Advertisement
top ad