BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

सेनिटाइजर सेवन गर्दा एक व्यक्तिको मृत्यु

एक्सन खबर
सेनिटाइजर सेवन गर्दा एक व्यक्तिको मृत्यु

सुनसरी । सेनिटाइजर सेवन गर्दा सुनसरीको इटहरीमा एक व्यक्तिको ज्यान गएको छ । उद्योग बाणिज्य संघ इटहरीले पिपुल्स मल्टिपल हेल्थ कलेजमा बनाएको कोभिड आईसोलेशन सेन्टरमा हायर गरेर काममा रहेका इटहरी ८ का ३२ वर्षीय प्रकाश भण्डारीले सेनिटाईजर खाँदा मृत्यु भएको हो।

भण्डारीले शुक्रबार दिउँसो २ बजे मर्नकै लागि भनेर सेनिटाईजर खाएर कोठा थुनेर बसेको उनका आफन्तको भनाई छ । पहिले देखिनै मादक पदार्थ सेवन गर्दै आइरहेका मृतक भण्डारीले सेनिटाइजर खाएर गार्हो भएपछि ढोका खोलेर आफूले मर्नकै लागि सेनिटाईजर खाएको बताएको उनका एक आफन्तले जानकारी दिएका छन ।

उनी उक्त सेन्टरमा विगत २/३ तीन महिना देखि सेनिटाईजरको काम गर्दै आइरहेका थिए। मृतक भण्डारीका ५ बर्षको एक छोरा र श्रीमती रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 

- २ श्रावण २०७८, शनिबार १९:५२ मा प्रकाशित



Kumari Advertisement
top ad