BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

७ वर्षीय बालिका बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

एक्सन खबर
७ वर्षीय बालिका बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

दुहवी । अस्थायी ट्राफिक प्रहरी कार्यालय दुहवीका एक प्रहरी जवानले सात वर्षीय बालिकालाई जवरजस्ती करणी गरेका छन् । अस्थायी ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान शेखर चौधरीलाई बालिका करणीको आरोपमा पक्राउ गरिएको छ ।

झापा घर भई सुनसरी दुहबी बस्ने सात वर्षीय बालिकाका अभिभावकले शुक्रबार दुहवी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ती प्रहरी जवानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

ती प्रहरी जवान पिडित परिवार बसेको घरमा डेरामा बस्दै आएका छन् । आरोपित चौधरीसँग बालिका खेल्ने गरेको र चौधरी पनि पटक–पटक पिडित परिवारको कोठामा आउने जाने गर्दथे । चौधरीले घरपरिवारमा कोही नभएको मौका पारि बालिकालाई जवरजस्ती करणी गरेको हुन सक्ने शंका छ ।

परिवारले पनि घटनाका सन्दर्भमा खासै बोलिरहेका छैनन् । उनीहरु त्रसित छन् । बालिकाको स्वास्थ्य परीक्षण भइरहेको र आरोपितलाई पक्राउ गरीएको दुहवी प्रहरी कार्यालयका प्रहरी निरीक्षण घनेन्द्रहाङ खजुमले बताएका छन् ।

- २ श्रावण २०७८, शनिबार २२:१८ मा प्रकाशित



Kumari Advertisement
top ad