BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

हाँस्य कलाकार पल्पसा डंगोलको दुवै मृगौला फेल

एक्सन खबर
हाँस्य कलाकार पल्पसा डंगोलको दुवै मृगौला फेल

काठमाडौं । हाँस्य कलाकार पल्पसा डंगोल‘चम्सुरी’ को दुबै मृगौला फेल भएपछि विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । उनी विगत ५ बर्षदेखि नियमित रुपमा मृगौलाको उपचार गराइरहेकी थिइन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी हुन् ।

पल्पसाको किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो । उनको मृगौला प्रत्यारोपणका लागि ५० लाख भन्दा बढी रकम लाग्ने देखिएको छ ।

कलाकर्मीहरुले उनको उपचारका लागि आर्थिक श्रोत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । महिला हाँस्य कलाकारका माझ पल्पसा स्थापित कलाकार हुन् ।

- ३ श्रावण २०७८, आईतवार २१:५१ मा प्रकाशित



Kumari Advertisement
top ad