BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

मोटरहेडको एमएच १५० बाइक नेपाली बजारमा

एक्सन खबर
मोटरहेडको एमएच १५० बाइक नेपाली बजारमा

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले एमएच १५० बाइक नेपाली बजारमा भित्र्याएको छ । डर्ट बाइकका शौखिनहरुका लागि मोटरहेडका बाइकहरु उत्कृष्ट हुन् ।

भर्खरै बजारमा आएको सीजी १५० सीसीको इन्जिन रहेको उक्त बाइकमा ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर रहेका छन् ।

एमएच १५० बाइकको ग्राफिक्ससमेत आकर्षक र क्याची रहेको एसएलआर टेक्नो एण्ड ट्रेडले जनाएको छ ।

यसअघि २ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको यस बाइकलाई नयाँ संस्करणमा आएपछि २ लाख ९५ हजार रुपैयाँ मूल्य कायम गरिएको छ । कम्पनीका ब्राण्ड मेनेजर उज्वल जोशीले एमएच १५० बाइक डर्ट बाइकहरुमा उत्कृष्ट फिचर र पफर्मेन्स भएको बताए । एमएच १५० बाइक शहर बजार र गाउँघर जतापनि युवाहरुको रोजाइमा परेको जनाए ।

युवा पुस्ताले असाध्यै मन पाएको स्क्र्याम्ब्लर २५० बाइक पनि अहिले उपलब्ध छ । अघिल्लो आर्थिक वर्षमा यसको स्टक सकिएको थियो । छोटो समयमै ग्राहकको रोजाईमा परेको स्क्र्याम्ब्लर २५० नयाँ आर्थिक वर्षसँगै पुनः उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ कायम गरिएको छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ ।

मोटरहेडका विभिन्न मोडलका बाइकहरु काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमा उपलध छ । कम्पनीले चाँडै धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि नयाँ सोरुम स्थापना गर्ने तयारी गरेको छ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् । विक्रिपछिको सेवालाई कम्पनीले प्राथमिकतामा राखेको छ ।

- ४ श्रावण २०७८, सोमबार १२:१० मा प्रकाशित



Kumari Advertisement
top ad