BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

वीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

भरतराज शर्मा ‘गोपाल’
वीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धरानका एक महिला र एक पुरुष रहेका छन् ।

साउन २ गते विहान ७ः३० बजे धरान ४ की ३७ वर्षीय महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । उनी असार २८ गते कोरोना पोजेटिभ भएर कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै साउन ३ गते धरानकै ७१ वर्षीय पुरुषको निधन भएको छ । धरान ११ का ती बृद्ध पुरुषमा असार २१ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी असार २५ गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनको साउन ३ गते राती १ः२५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार मृतक दुवैको शव कोभिड नियमानुसार व्यवस्थापन भएको छ । प्रतिष्ठानमा प्रदेश १ कै लेवल ३ कोभिड अस्पताल सञ्चालित भएकाले अन्य अस्पतालहरुको दाँजोमा गम्भिर प्रकारका कोभिड विरामीहरु उपचाररत छन् ।

- ४ श्रावण २०७८, सोमबार १४:०४ मा प्रकाशित



Kumari Advertisement
top ad