BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

देशभर थपिए २४ सय ४५ कोरोना संक्रमित ,३२ को मृत्यु

एक्सन खबर
देशभर थपिए २४ सय ४५ कोरोना संक्रमित ,३२ को मृत्यु

काठमाडौं । आज देशभर २४ सय ४५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६४ परीक्षणमा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो भने ३२ संक्रमितको मृत्यु भएको छ ।

७८ सय ३३ को पीसीआर र ३८ सय ३१ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा १६ सय ४२ जनालाई पीसीआर र ८०३ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ।

नेपालमा हाल सक्रिय संक्रमित २५ हजार ८३७ जना रहेका छन् । भने अहिलेसम्म ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भएका छन्।

- ४ श्रावण २०७८, सोमबार १६:५६ मा प्रकाशित



Kumari Advertisement
top ad