BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

प्रधानमन्त्री देउवालाई विप्लवले भेट्ने

एक्सन खबर
प्रधानमन्त्री देउवालाई विप्लवले भेट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लबबीच आज भेटवार्ता हुँदैछ ।

पछिल्लो समय राजनीतिक भेटवार्तामा सक्रिय रहेका विप्लवले यसअघि नै एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटिसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लब समूह तथा सरकार पक्षले गरेको तीन बुँदे सहमति कार्यान्वयन भएको छैन ।

उक्त सहमति कार्यान्वयनका लागि उनले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न लागेको उनी निकट स्रोतले बतायो । उनीहरुबीचको भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का समेत सहभागी हुने बताइएको छ।

- ६ श्रावण २०७८, बुधबार १३:३८ मा प्रकाशित



Kumari Advertisement
top ad