BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

देउवा महन्थ भेटवार्ता : मधेसका मुद्दा सम्बोधन गर्न आग्रह

एक्सन खबर
देउवा महन्थ भेटवार्ता  : मधेसका मुद्दा सम्बोधन गर्न आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई मधेसका मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ठाकुरले देउवालाई रेशम चौधरीको रिहाई र मधेश आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेका राजनीतिक मुद्दा फिर्ता लिन आग्रह गरेका हुन्।

भेटवार्तामा ठाकुरले आफूहरुले माग सम्बोधनका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बताएका थिए । देउवाले संविधान र कानुनअनुसार ठाकुर पक्षले भने बमोजिम माग सम्बोधन गरिने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार देउवालाई प्रतिनिधिसभामा जसपाको ठाकुर समुहलेसमेत विश्वासको मत दिएको थियो। प्रतिनिधिसभा बैठकमा ठाकुरले आफूहरूका माग सम्बोधन गर्न देउवालाई आग्रह गरेका थिए।

- ६ श्रावण २०७८, बुधबार १४:३७ मा प्रकाशित



Kumari Advertisement
top ad