BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

माधव समूहको स्थायी कमिटी सदस्यहरु छलफलमा

एक्सन खबर
माधव समूहको स्थायी कमिटी सदस्यहरु छलफलमा

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

नेपालका स्वकीय सचिव मोहन गौतमले नेताहरुको छलफल भइरहेको जानकारी दिए । उनले अहिले स्थायी कमिटीका नेताहरुबिच कुराकानी भइरहेको बताए ।

‘अहिले बैठक सुरु भएको छ।पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बोलाएको हो,’ उनले भने । एमाले भित्रको विवाद १० बुँदे सहमतिपछि पनि कम नभएपछि नेपाल पक्षले थप रणनीति बनाउन स्थायी कमिटीको बैठकमा छलफल गरिरहेको छ । मंगलवार नेता नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई साउन ३ गते विश्वासको मत दिने २२ जना सांसदहरुसँग छलफल गरेका थिए ।

- ६ श्रावण २०७८, बुधबार १५:३२ मा प्रकाशित



Kumari Advertisement
top ad