BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित

एक्सन खबर
नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित भएका छन् ।

बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छन् । बैठकमा सुरेन्द्र पाण्डे भने केही ढिलो गरी उपस्थित भएका थिए।

घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु भने समयमै बैठकस्थलमा उपस्थित भएका थिए । एमालेका उपाध्यक्ष समेत रहेका नेता रावलले आइतबार प्रतिनिध सभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए।

- ६ श्रावण २०७८, बुधबार १६:१८ मा प्रकाशित



Kumari Advertisement
top ad