BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु, २,८३८ जनालाई संक्रमण पुष्टि

एक्सन खबर
थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु, २,८३८ जनालाई संक्रमण पुष्टि

काठमाडौं । आज देशभर २८३८ जनालाई संक्रमण पुष्टि भएको छ। त्यस्तै ३० जनाको मृत्यु भएको छ भने १४ सय ७५ संक्रमणमुक्त भएका छन् ।

८ हजार ७१५ जनाको पीसीआर र ३ हजार ९०१ जनाको एन्टिजेन गरि जम्मा १२ हजार ६१६ जनाको कोरोना परीक्षण भएको थियो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ ।जसमध्ये ६ लाख ३६ हजार ४०२ निको भएका छन् भने ९ हजार ६३७ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।

- ६ श्रावण २०७८, बुधबार १६:४२ मा प्रकाशित



Kumari Advertisement
top ad