BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

सरकारको पहिलो प्राथमिकतामा जनताको स्वास्थ्य परोस् : नेता नेपाल

एक्सन खबर
सरकारको पहिलो प्राथमिकतामा जनताको स्वास्थ्य परोस् : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको पहिलो प्राथमिकतामा जनताको स्वास्थ्य पर्नुपर्ने बताएका छन् ।

कोरोना खोप, उपचार व्यवस्थापन तथा भोकमरीमा भएको जनताको विषेश ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै नेता कोरोना खोप, उपचार व्यवस्थापन तथा भोकमरीमा भएको जनताको विषेश ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

कीर्तिपुरको चम्पादेवीमा रहेको पुप्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, जनता भन्दा ठूलो कोही हुँदैन। सरकारले पहिलो प्राथमिकताका साथ जनताको स्वास्थ्यमा ध्यान दिनुपर्छ। उनले अहिले मुलुक कोरोनाले थिलथिलो भएको बताएका छन्।

- ७ श्रावण २०७८, बिहीबार १०:०९ मा प्रकाशित



Kumari Advertisement
top ad